शुक्रबार, २ साउन २०८२

नेपाल एसबिआई बैंकको नाफा १ अर्ब माथि

समयपोष्ट २०७५ माघ १३ गते ११:०८

नेपाल एसबिआई बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले जारी गरेको विवरण अनुसार ६ महिनाको अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत बर्ष बैंकले ९१ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो।

एनएफआरएस अनुसार नाफा १२ प्रतिशतले बढेको भए पनि नियामकीय समायोजन पछिको नाफामा भने १.१९ प्रतिशतले गिरावट आएको छ। बैंकको खुद व्याज आम्दानी १६.११ प्रतिशतले बढेको छ। बैंकले गत वर्षको तुलनामा ऋण लगानी२७ प्रतिशतले बढाएको छ भने निक्षेप संकलन १४ प्रतिशतले मात्रै बढेको छ।

बैंकको व्याज खर्च ३४ प्रतिशतले बढेको छ भने व्याज आम्दानी १६ प्रतिशतले बढेको छ। बैंकको चुक्ता पूँजी ५ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकले पुससम्ममा ९७ अर्ब ८३ करोड रुपैया निक्षेप संकलन गरि ९० अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको खराव कर्जा ०.०६ प्रतिशत विन्दुले बढेर ०.१९ प्रतिशत पुगेको छ।

आधार व्याजदर पनि ०.३२ प्रतिशत विन्दुले बढेर ९.८५ प्रतिशत छ। प्रति शेयर आम्दानी १.५२ रुपैयाँले बढेर २४.२१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री