आशा लघुवित्तले ६ लाख ७४ हजार कित्ता साधारण शेयर जारी गर्ने
आशा लघुवित्त वित्तीय संस्थाले साधारण शेयर जारी गर्ने भएको छ ।
कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि ३३७० कित्तासम्म आवेदन गर्न सकिनेछ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।
नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघि नै नियुक्त्त गरिसकेको छ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आइपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत पनि आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया