सोमबार, २४ वैशाख २०८१

यी हुन् तपाईले गोप्य राख्नैपर्ने ९ कुरा

समयपोष्ट २०७५ माघ ९ गते १८:००

 

Advertisement

महान विद्वान शुक्राचार्यको नीति अहिलेको समयमा पनि निकै उपयोगी मानिन्छ। शुक्रनितीमा शुक्राचार्यले सधै गोप्य राख्नु पर्ने ९ कुरा उल्लेख गरेका छन्। जुन ९ कुरा अरुलाई थाहा भयो भने त्यसले तपाईलाई हानी पुर्याउन सक्छ वा समाजका सामु तपाईको प्रतिष्ठा घटन सक्छ। त्यसैले तपाई यी ९ कुरा सधै गोप्य राख्नु उत्तम मानिन्छ ।

 

Advertisement

संभोग
संभोगको कुरा पति पत्नीबीचको निकै गोप्य कुरा हो। यो कुरालाई सधै गोप्य नै राख्नुपर्छ। पति पत्नीको निजी क्रियाकलाप कुनै दोस्रो व्यक्तिलाई थाहाँ भयो भने त्यसले तपाईलाई सधै तनावमा राख्न सक्छ।

आयु
सधै भन्ने गरिन्छ जो कोहीले पनि आफ्नो जन्ममिति कसैलाई बताउन हुँदैन्। उमेरलाई जति गोप्य राख्न सक्यो त्यती नै फाइदा हुन्छ। तपाईको जन्ममिति दोस्रो व्यक्तिले थाहा पाउन तपाईको विरोध जान सक्ने सम्भावना धेरै रहन्छ।

घरको कुरा
घरको कुरा कहिलै पनि बाहिर गर्नु हुँदैन्। कुनै व्यक्ति यस्ता हुन्छन् आफ्नो घरको कुरा नजिकका व्यक्तिसँग शेयर गर्छन र पछि पछुताउछन्। घरको कुरा बाहिर गर्यो भने आफन्तबीच मनमुटाव तथा अविश्वास पैदान हुन सक्छ।

धन
धन अर्थात सम्पत्ती सधै गोप्य राख्न जरुरी छ। आफ्नो धनका बारेमा जती थोरै मान्छेलाई थाहा भयो उती नै राम्रो मानिन्छ। बाहिरको मान्छेलाई धनको बारेमा थाहा भयो भने उसले लालचमा आएर तपाईलाई हानि पुर्याउन सक्छन्।

डाक्टर
आफ्नो स्वास्थ्यको चेकजाँच गर्ने डाक्टर सधै गोप्य हुन जरुरी छ। डाक्टरलाई तपाईको कतिपय निजी कुराहरु पनि थाहा हुन्छ। त्यसैले तपाईका दुश्मन वा तपाईको रिस गर्ने व्यक्तिले डाक्टरको सहयोग पनि लिन सक्छन्।

दान
दान एक पुण्य कर्म हो। जसलाई सधै गोप्य राख्न जरुरी छ। यसलाई जति गोप्य राख्न सक्यो त्यती नै फल प्राप्त हुने धार्मिक विश्वास छ। जसले अरुलाई देखाउन दान गर्न त्यसको सबै पुण्य काम नष्ट हुने विश्वास छ।

माथिको ती कुरासँगै तपाईले अन्य तीन कुरालाई पनि सधै गोप्य राख्न जरुरी छ। हरेक व्यक्तिले मन्त्र, मान र अपमानलाई सधै गोप्य राख्नु पर्छ।   एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री