सेयर बजारमा ४.१५ अंकको सुधार
समयपोष्ट
२०७५ माघ ९ गते १५:१३
आज सेयर बजार बढेको छ । आज नेप्से परिसुचक ४.१५ अंकले बढेर ११७२.९८ विन्दुमा पुगेको छ । आज १ सय ६३ कम्पनीका १० लाख कित्ता सेयर २४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर माथिल्लो तामाकोशीको किनबेच भयो ।
आज दुई समुह उपसुचकहरु घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् ।आज उत्पादनमुलक समुह ३१.६ र जीवन बिमा समुह २७.३१ अंकले घटेको छ ।
यसैगरी आज बाणिज्य बैंक समुह १.४९,ब्यापार २.८७,होटल ०.२१,विकास बैंक ६.८६,जलविद्युत ३१.४८,फाइनान्स ०.७९,र्निजिवन बिमा ५८.०६,अन्य ३.३९ र लघुवित्त समुह १२.९९ अंकले बढेका छन् ।
प्रतिक्रिया