राष्ट्र बैंकले साढे ५ अर्बको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने
समयपोष्ट
२०७५ माघ ७ गते २२:०५
नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्न लागेको जनाएको हो । उक्त ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । बैंकले यसअघि रु तीन अर्ब बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
प्रतिक्रिया