शुक्रबार, ६ असार २०८२

नगरपालिकाद्वारा ४८ मुद्दा छिनोफानो

समयपोष्ट २०७५ माघ ३ गते ११:४५

Advertisement

वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिए ।

अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै बढ्दो जनघनत्वका कारण उजुरी आउने क्रम पनि बढेको उनको भनाइ थियो ।

उक्त नगरपालिकाले ‘न्यायिक समिति कार्यसम्पादन विधेयक २०७५’ पारित गर्नाका साथै हालसम्म ३० ऐन, कानून र निर्देशिकाहरु पारित गरिसकेको जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री