सेयर बजारमा गिरावट्का,कारोबार रकम भने बढ्यो
समयपोष्ट
२०७५ माघ २ गते १५:१४
सेयर बजारमा गिरावट् आएको छ । आज नेप्से परिसुचक ७.५७ अंकले घटेर ११८७.९७ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ६९ कम्पनीका १७ लाख कित्ता सेयर ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ ।
आज तीन समुह उपसुचकहरु बढेका छन् भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् । आज ब्यापार समुह १.८६, जलविद्युत समुह २२.८३, र उत्पादनमुलक समुह २.८९ अंकले बढेका छन् । यसैगरी बाणिज्य बैंक समुह ५.२,होटल २.४४,विकास बैंक १.४१,फाइनान्स २.३२,निर्जिवन बिमा ११२.१८,अन्य १२.६१,लघुवित्त १५.६८ र जीवन बिमा समुह ७३.०४ अंकले घटेका छन् ।
प्रतिक्रिया