सेयर बजारमा छायो हरियाली
समयपोष्ट
२०७५ माघ १ गते १५:१५
सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक १७.५१ अंकले बढेर ११९५.५४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ५८ कम्पनीका ८ लाख कित्ता सेयर ३९ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको किनबेच भएको छ ।
आज उपसुचकहरु सबै बढेका छन् । आज बाणिज्य बैंक समुह ५.०४,ब्यापार २.८७,होटल ६.५,विकास बैंक १६.७५,जलविद्युत ५२.७७,फाइनान्स ०.८९,निर्जिवन बिमा २३२.९२,उत्पादनमुलक २.६५,अन्य ११.५५,लघुवित्त ५३.५४ र जीवन बिमा समुह १९७.०९ अंकले बढेको छ ।
प्रतिक्रिया