शनिबार, ५ जेठ २०८१

सेयर बजारमा सामान्य अंकको सुधार

समयपोष्ट २०७५ पुष २५ गते १५:३७

Advertisement

सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक २.२९ अंकले बढेर ११७९.३६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ६६ कम्पनीका १५ लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा बढी छिमेकी लघुवित्त विकास बैंकको संस्थापक सेयर किनबेच भएको छ ।

आज दुई समुह उपसुचक घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् ।

आज फाइनान्स समुह ०.१८ र अन्य समुह १.११ अंकले घटेका छन् । यसैगरी बाणिज्य बैंक समुह २.४३,होटल ५.४८,विकास बैंक ८.३२,जलविद्युत ०.६८,र्निजिवन बिमा ६.३,उत्पादनमुलक समुह १२.५७,लघुविक्त समुह २.४३ र बिमा समुह ९.७३ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री