शनिबार, ५ जेठ २०८१

घलेम्दी हाइड्रोको आइपिओमा आवेदन दिनुभयो ?

समयपोष्ट २०७५ पुष २३ गते १२:२६

घलेम्दी हाइड्रो लिमिटेडको साधारण शेयरमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । कम्पनीले पुस १९ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । कम्पनीको आईपिओमा न्यूनतम ४० देखि अधिकतम१० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

Advertisement

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । यसका अलवा मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट समेत सोमबार कार्यालय समयभित्र अनलाईन आवेदन गर्न सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये सामूहिक लगानी कोषका इकाईलाई ५५ हजार कित्ता तथा कर्मचारीलाई २२ हजार कित्ता छुट्टाइएको थियो । सामूहिक लगानी कोषको तर्फबाट कुनै आवेदन नहुँदा सो शेयर सहित गरि १५ लाख ३३ हजार ७७० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री