आइतबार, १६ वैशाख २०८१

उमेर अनुसार कतिपटक यौन सम्पर्क राख्ने ?

समयपोष्ट २०७५ पुष २२ गते १६:०१

Advertisement

यौनसम्पर्क कति पटक राख्ने ? यो मानिसको रुचिमा भर पर्ला । तर एक अध्ययनले मानिसले कति पटकसम्म सेक्स गर्नुपर्छ भनेर निकालेको केही निश्कर्षको बारेमा यहाँ चर्चा गरिदैछ ।

किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर एक अध्ययन गरेको थियो जसको परिणाम निकै रोचक छ ।

अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो ।

विवाह पछिको नतिजा अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरि मै सेक्स गर्न कम गरि सकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै सेक्स गर्ने गरेका थिए ।

विवाहपछि सेक्सको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो । जस्तै: हेक्टिक वर्क सेड्युल, घरको काम आदि । याक्सपर्टसका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले सेक्सप्रतिको इच्छा कम हुँदै जान्छ ।

३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न रुचाउँथे । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री