बिहीबार, ३ जेठ २०८१

प्रभु बैंकले १०.२६३ लाभांश वितरण गर्ने

समयपोष्ट २०७५ पुष २२ गते ११:५०

Advertisement

प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको सञ्चालक समित बैठकले बोनस र नगद गरी १०.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनस शेयर र नगद लाभांमा लाग्ने कर सहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री