बिहीबार, १५ चैत २०८०

६३ बर्षपछि मिस युनिभर्सको ताज फ्रान्सको पोल्टोमा 

समयपोष्ट २०७३ माघ १७ गते ६:०६

 

Advertisement

यस बर्षको ६५ औँ मिस युनिभर्सको ताज फ्रान्सकी आइरिस मितेनेले जितेकी छिन् ।  मनिलामा भएको उक्त प्रतियोगितामा पुर्व मिस युनिभर्स पिया वुट्सबाखले मितेनेलाई मिस युनिभर्स २०१७ को ताज पहिराएकी थिईन् । २३ बर्षिया मितेने डेंटिस्टकी विद्यार्थी हुन् । फ्रान्सले यो ताज ६३ बर्षपछि आफ्नो बनाउँन सफल भएको हो । त्यस्तै प्रतियोगितकी फष्ट रनर अप मिस हाईटी २५ बर्षिया राकेल पेलिसिए बन्न  सफल भईन् भने सकेण्ड रनरअफ मिस कोलम्बिया २३ बर्षिया आंद्रिया टोवर भएकी  छिन् । यो प्रतियोगितामा भारतबाट रोशमिता हरिमूर्तिले रिप्रेजेण्ट गरेकी थिइन् भने प्रतियोगिताको जजमा सुष्मिता सेन पनि समावेस गरिएकी थिईन् । त्यस्तै भारतिय मुलकै सिख धर्मालम्बि किरन जस्सालले मलेसियाको  प्रतिनिधित्व गरेकी थिईन् । प्रतियोगिताको अन्तिम १३ लिष्टमा केन्या, इंडोनेशिया, मेक्सिको, पेरू, पनामा, कोलंबिया, फिलीपिंस, क्यानडा ,ब्राजील, हाईटी, थाईल्याण्ड र अमेरिकी प्रतियोगि छानिएका थिए । 

miss_1485751510mf

प्रतिक्रिया

सम्बन्धित सामाग्री