बिहीबार, १३ वैशाख २०८१

नेपाल लाइफले पुस २७ गतेबाट एफपिओ निश्काशन गर्ने,प्रति कित्ता १४२५ रुपैयाँ

समयपोष्ट २०७३ पुष १८ गते १२:२०

नेपाल लाईफ इन्स्योरेन्सले पुस २७ गतेदेखि अतिरिक्त साधारण सेयर (एफपिओ) जारी गर्ने भएको छ। पुस २७ गतेबाट ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ बिक्री खुला गर्ने भएको हो ।

Advertisement

नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय फेस भ्यालुमा १३२५ रुपैयाँ प्रिमियम थपेर एफपीओ निश्काशन गर्न लागेको हो ।

कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गर्न लागेको हो । 

नेपाल लाईफको चुक्ता पूँजी हाल दुई अर्ब १६ करोड रहेकोमा एफपीओ जारीपछि दुई अर्ब ४७ करोड नाघ्ने छ । उसले एफपीओ वापत संकलन गर्ने प्रिमियम जगेडा कोषमा जाने छ । नेपाल लाइफको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री