
“डाटा गोपनीयता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सजग, सचेत रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, कार्यस्थल तथा ग्राहकहरूको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरू गोप्य राख्ने तथा बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको अद्यावधिक जानकारी राख्ने प्रतिज्ञा गरेका छन्।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल तथा अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आ–आफ्ना कार्यालयहरूमा डाटा सुरक्षासम्बन्धी प्रतिज्ञा लिएका थिए।
बैंकले आफ्ना बैंकिङ सेवा १०० वटा शाखा, २२ वटा विस्तार काउन्टर, ७ वटा प्रदेश कार्यालय र १ वटा कर्पोरेट कार्यालय साथै १२२ वटा एटीएममार्फत प्रदान गरिरहेको छ।










प्रतिक्रिया