
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार अदालत हाजिर हुनका लागि रुपन्देही पुगेका छन्।
लामिछाने भैरहवा विमानस्थल हुँदै देवकोटा चोकस्थित एक होटलमा बसेका छन्। बुधबार उनले अदालतमा उपस्थित हुने लुम्बिनी प्रदेश रास्वपाका उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिएका छन्।
लामिछानेसँगै उनकी पत्नी निकिता र केही केन्द्रीय नेताहरू पनि रुपन्देही पुगेका छन्।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयान दिन अदालत उपस्थित हुन आएका हुन्। सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय दिएपछि रुपन्देही जिल्ला अदालतमा यो मुद्दा दर्ता गरिएको थियो।









प्रतिक्रिया