बीमा प्राधिकरणद्वारा अध्यक्ष पदका लागि दरखास्त आह्वान

नेपाल बीमा प्राधिकरणले रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई खुला प्रतिस्पर्धाबाट आवेदन दिन आह्वान गरेको हो।
अध्यक्ष पदका लागि आवेदन दिन इच्छुक व्यक्तिले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा १५ दिनभित्र गोप्य आवेदन पेश गर्नुपर्नेछ।
अध्यक्ष बन्नका लागि उम्मेदवारले मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र, वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर डिग्री वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव पनि आवश्यक छ।
यो पद पूर्वअध्यक्ष सूर्य सिलवालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि रिक्त भएको हो। सिलवाल निलम्बनमा परेपछि हाल अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।

 




























 
	
प्रतिक्रिया