आइतबार, २३ वैशाख २०८१

नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

समयपोष्ट २०७९ माघ १७ गते ९:३३

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

मंगलबार नेप्सेमा नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले नेरुडे लघुवित्तको २२ प्रतिशत र शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेरुडेको शेयरमूल्य ८२७ रुपैयाँ ८७ पैसा कायम भएको छ भने शिखर इन्स्योरेन्सको ८०८ रुपैयाँ ६२ पैसा कायम भएको छ।

Advertisement

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार नेरुडेको शेयर प्रतिकित्ता १ हजार १० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने शिखरको ९३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री