आइतबार, १३ फागुन २०८०

“महिला सशक्तिकरणमामहालक्ष्मी लाईफ” पहिलो चरणमा २१ जिल्लामा कार्यक्रम सम्पन्न, सात सय महिला स्वरोजगार

समयपोष्ट २०७९ माघ ११ गते ११:३५

Advertisement

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ”को पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते सौराहामा कार्यक्रमको समुदघाटन गरी कार्यक्रमको प्रारम्भ गरेका थिए । पौष ११ गते हिमाली जिल्ला रुकुम पश्चिमबाट महिलाहरुको रोजगारी र समृद्धिको नारा सहित तालिम कार्यक्रम संचालन गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले रुकुम पश्चिमबाट संचालन गरेको पहिलो चरणको तालिम कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा सम्पन्न भयो ।

एक महिने “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम अहिले सम्म २१ जिल्लामा संचालन गरिएको छ। १७५० भन्दा बढिलाई सहभागी गराइएको यो तालिम कार्यक्रम रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाण्डौ, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट,धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भै सकेको कम्पनीले जनाएको छ ।

महिलाहरुको उत्साहप्रद र सक्रिय सहभागिता रहेको यो कार्यक्रम गएको हप्ता नारायणघाट, कावासोती, बुटबल, र पाल्पामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान तालिम प्रदान गरेका थिए । त्यसैगरी दमौली,लमजुङ र गोरखामा संचालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए ।

समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार हुन प्रोत्साहन गर्ने र आय बृद्धि हुने काममा लगाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो । पहिलो चरणको निर्धारीत तालिम कार्यक्रम सम्पन्न भैसकेको छ । ७०० भन्दा बढी महिला स्वरोजगारमा आबद्ध भैसेका छन । फाल्गुन र चैत्र भित्र दोस्रो चरणको कार्यक्रम संचालन कम्पनीले जनाएको छ ।

उक्त चरणमा १००० महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । स्वरोजगारी र आय आर्जन कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चैत्र भित्र देशै भर महिलाहरुसंग अन्तक्रिया तथा उत्प्रेरणा प्रदान गर्ने गरी थप कार्यक्रम संचालन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री