बुधबार, १२ वैशाख २०८१

प्रभु बैंकको खुद नाफा १ अर्ब १९ करोड

समयपोष्ट २०७९ माघ ७ गते २०:३८

Advertisement

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि गत आर्थिक वर्षमा रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा ४२ करोड ६७ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १५.७३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १२.५२ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ६७ पैसा घटेर १० रुपैयाँ १९ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ८५.२५ प्रतिशत बढेको छ भने जगेडा कोष ४६.६९ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ५१.६५ प्रतिशत बढेको छ भने कर्जा ६८.७९ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री