दूधको मूल्य १३.१७ प्रतिशतले वृद्धि गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

सरकारले दूधको मुल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकले लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले दूधको मुल्य वृद्धि गरेको हो । कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ रहेकोमा हाल दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम भएको छ ।

Advertisement

कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । यो न्यूनतम मात्रा हो ।

जति फ्याट र एसएनएफ बढी हुन्छ किसानले त्यतिले बढी मूल्य पाउनेछन् । यदि कसैको दूधमा ४ प्रतिशत फ्याट छ भने त्यसलाई ६.८१ रुपैयाँले गुणन गर्दा २७.२४ रुपैयाँ हुन्छ । त्यस्तै ८ प्रतिशत एसएनएफमा ३.६० रुपैयाँले गुणन गर्दा २८.८ प्रतिशत हुन्छ । फ्याट र एसएनपएफलाई जोडेर ५६.०४ रुपैयाँ कायम गरिएको छ । गाईभन्दा बढी फ्याट र एनएफ भैँसीमा हुन्छ । अहिले भएको मूल्यवृद्धिका आधारमा हिसाब गर्ने हो एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई दूधको प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।

यसैगरी बैठकले शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारले निर्णय गरेको छ । बैठकले शिक्षक अस्पताल भरतपुर महानगरपालिकाको वडा नम्बर १५ को भगवानपुरमा अस्ताल बनाउन उपयुक्त देखेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री