बुधबार, १२ वैशाख २०८१

प्रभु बैंकको नाफा १ अर्ब २६ करोड

समयपोष्ट २०७८ माघ ७ गते १८:२२

Advertisement

प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकको नाफा गत वर्षको सोहि अवधिको तुलनामा १६.९० प्रतिशतले कम हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा ४६.३७ प्रतिशतले घटेर ५३ करोड रुपैयाँमा झरेको छ।

बैंकको खुद ब्याज आम्दानी भने ४ प्रतिशतले बढेको छ। ब्याज आम्दानी बढेपनि सञ्चालन आम्दानी घट्दा बैंकको नाफामा असर परेको हो।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ छ।

बैंकको निक्षेप संकलन ३ प्रतिशतले ०.७६ प्रतिशतले घटेर १ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ भने कर्जा लगानी ५ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी घटेर १९ रुपैयाँ ८६ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ५४ पैसा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री