सोमबार, ३० साउन २०७९

नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली

समयपोष्ट २०७८ पुष २५ गते १३:४६

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त हुनु भएको छ ।

२५ पौष २०७८ बाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हाल्नु भएको हो ।

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताउनुभयो । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताउनु भयो ।

“अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ”, नवनियुक्त सिनियर डिसिओ पराजुलीले बताउनु भयो ।
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री