उन्नति माइक्रोफाइनान्सको साधारण सेयरमा कति पर्यो आवेदन
समयपोष्ट
२०७४ पुष २७ गते ७:१७
उन्नति माइक्रोफाइनान्सको साधारण सेयरमा २ लाख ४८ हजार आवेदकले ७९ करोड ७५ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
रकमका आधारमा परेको यो आवेदन माग भन्दा ५३.११ गुणा बढी हो । आवेदक संख्या अत्याधिक बढेपछि ६ प्रतिशत आवेदकले मात्र सेयर पाउने प्रारम्भिक तथ्याङ्कमा देखिएको छ ।
लघुवित्तको साधारण सेयर १५ हजार १५ जनाले पनि गोलाप्रथाबाट १० कित्ता सेयर पाउनेछन् । बाँकी दुई लाख ३३ हजार जना आवेदकको हात भने खाली हुनेछ ।
सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको लघुवित्तको साधारण सेयर पुस २१ गतेदेखि २५ गतेसम्म निश्कासन भएको थियो ।
प्रतिक्रिया