डा. केसीलाई अदालतमा उपस्थित गराइयो, भण्डारी र श्रेष्ठको इजलासमा सुनुवाइ हुने
समयपोष्ट
२०७४ पुष २६ गते ५:३६
अदालतको अवहेलना अभियोग लागेका डा. गोबिन्द केसीलाई प्रहरीले विहानै सर्वोच्च अदालत पुर्याएको छ । मंगलबार स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना गरिएका उनी अस्पतालबाटै अदालतमा उपस्थित गराईएका हुन् ।
उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ ।
केसीले इजलासमा आफ्नो कुरा राखेपछि बहस सुरु हुने बताइएको छ ।
प्रतिक्रिया