शुक्रबार, ७ वैशाख २०८१

कहिले हुँदैछ इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ बाँडफाँट ?

समयपोष्ट २०७७ माघ १४ गते १२:२९

Advertisement

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निश्कासन गरेको आइपिओ यसै साता बाँडफाँट हुँने भएको छ ।

बैंकले शुक्रबार शेयर बाँडफाँट गर्ने तयारी गरेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले बुधबार सम्ममा आवेदन भेरिफिकेशन गरिसकेर शुक्रबार भित्रै शेयर बाँडफाँट गर्ने जनाएको छ ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउछ । बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने पक्का छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री