मंगलबार, २५ वैशाख २०८१

‘अब्बल विकास बैङ्कका रूपमा स्थापित हुने सङ्कल्प गरेका छौँ’

प्रवीण बस्नेत, सीईओ, कामना सेवा विकास बैङ्क

समयपोष्ट २०७६ माघ १५ गते ९:१६

Advertisement

कामना सेवा विकास बैङ्कको अवस्था कस्तो छ ?

कामना सेवा कामना विकास बैङ्क तथा सेवा विकास बैङ्क मर्ज भएर बनेको राष्ट्रिय स्तरको विकास बैङ्क हो । यसले १२औँ वर्षको यात्रा सफलपूर्वक सम्पन्न गरी १३औँ वर्षमा दौडिरहेको छ । वास्तविक रूपमा राष्ट्रिय स्तरको विकास बैङ्क बन्न देशव्यापी रूपमा ११४ वटा शाखा सञ्जाल, एटीएम विस्तार गरी आठ सय हाराहारी कर्मचारीद्वारा करिब तीन लाख ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न दत्तचित्त भएर लागेको छ । हाल यस बैङ्कको निक्षेप करिब रु. २८ अर्ब, लोन रु. २५ अर्ब छ । बैङ्कको अवस्था अत्यन्त सबल रहेको छ । गाउँघरमा छरिएर रहेको सानो–सानो पुँजी राष्ट्र निर्माणमा लगाउन महत्वपूर्ण भूमिका खेल्न यस बैङ्क सधैँ तत्पर रहेको छ ।

शाखा विस्तारमा आक्रामक बन्नुभएको छ, शाखा विस्तारसँगै व्यवसाय वृद्धि गर्न कत्तिको चुनौती छ ?

मर्ज पश्चात् राष्ट्रिय स्तरको विकास बैङ्क भए पनि कामना विकास बैङ्कको प्रदेश १, २, ६, ७ तथा काठमाडौँमा अत्यन्तै न्यून उपस्थिति थियो । मर्जपूर्व कामना विकास बैङ्क पोखरालाई केन्द्रविन्दु बनाएर कार्यरत थियो भने सेवा विकास बैङ्क बुटवललाई केन्द्रविन्दु बनाएर कार्यरत थियो । साँच्चिकै राष्ट्रिय स्तरको विकास बैङ्क बन्न सोही स्तरको शाखा सञ्जाल आवश्यक भएको महसुस गरी शाखा विस्तारमा आक्रामक बनेका हौँ । शाखा सञ्जालको विस्तार गरी ग्राहकको विश्वास जित्न सफल भएका छौँ । छोटो समयमा नै ग्राहक सङ्ख्या करिब एक लाख हाराहारीमा, निक्षेप करिब रु. १३ अर्बको हाराहारीमा तथा लगानी करिब रु. १२ अर्बको हाराहारीमा वृद्धि गर्न सफल भएका छौँ । हाम्रो शाखा सञ्जालसँगै इनोभेटिभ प्रडक्ट, सिम्प्लिफाइड प्रोसेस, तथा कस्टुमर फ्रेन्ड्ली स्टाफका कारणले नै चुनौती सहज रूपमा सामना गरी व्यवसाय वृद्धि गर्न सफल भएका छौँ ।

Advertisement

साँच्चिकै राष्ट्रिय स्तरको विकास बैङ्क बन्न सोही स्तरको शाखा सञ्जाल आवश्यक भएको महसुस गरी शाखा विस्तारमा आक्रामक बनेका हौँ । शाखा सञ्जालको विस्तार गरी ग्राहकको विश्वास जित्न सफल भएका छौँ ।

विकास बैङ्क भए पनि ठूला वाणिज्य बैङ्कसँग प्रतिस्पर्धा गरिरहनुभएको छ । अनुुभव कस्तो रह्यो ?

विकास बैङ्कका प्रडक्ट नवीनतम छन् । सर्भिस डेलिभरी उत्कृष्ट छ तथा ग्राहकमैत्री वातावरण निर्माण गरेका छौँ । त्यसमाथि निक्षेपका ब्याज सर्वाधिक आकर्षक छन् । कर्जा प्रवाहको समयावधि छोटो छ । तसर्थ हामीले ठूला वाणिज्य बैङ्कसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि विकास बैङ्कका बारेमा धेरैभन्दा धेरै कुरा ग्राहकका सामुन्ने पुर्याई हाम्रा उत्कृष्ट सेवा तथा प्रतिफलद्वारा उहाँहरूको मन जित्ने प्रयास गर्दैछौँ । यसमा हामी ज्यादै सफल पनि भएका छौँ ।

वाणिज्य बैङ्कले सरकारबाट जति सेवा सुुविधा पाइरहेका छन् तर विकास बैङ्कले त्यो सुविधा किन पाउन सकिरहेका छैनन् ?

क्रेडिट कार्ड जारी गर्ने, एलसी जारी गर्ने, सरकारी कारोबार गर्ने तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल आर्मी, नेपाल प्रहरी जस्ता संस्थाको निक्षेप स्वीकार गर्ने कुरामा रोक लगाइरहनुपर्छ भन्ने लाग्दैन ।

सायद जुन बेला वाणिज्य बैङ्क, विकास बैङ्क भन्ने सोचाइ लिइयो त्यस बेलाको वस्तुस्थितिले गर्दा होला कि । यथार्थ के हो भने पुँजी, शाखा सञ्जालको हिसाबले कर्मचारी एवं ग्राहक सङ्ख्याकोे हिसाबले आएका राष्ट्रिय स्तरका विकास बैङ्क केही वर्ष अघिका वाणिज्य बैङ्कको स्तरमा नै रहेका छन् । तसर्थ क्रेडिट कार्ड जारी गर्ने, एलसी जारी गर्ने, सरकारी कारोबार गर्ने तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल आर्मी, नेपाल प्रहरी जस्ता संस्थाको निक्षेप स्वीकार गर्ने कुरामा रोक लगाइरहनुपर्छ भन्ने लाग्दैन । विभिन्न फोरममा जनहितकारी सुविधाका लागि सरकार समक्ष पहल गर्दै आएका छौँ ।

राष्ट्र बैङ्कले व्यक्तिगत घर र सवारी कर्जामा कर चुक्ता लगायत विभिन्न कागजपत्र बुझाउनुपर्ने निर्देशन जारी गरेको छ । यो कत्तिको उचित हो ?

नियमनकारी निकायद्वारा अर्थतन्त्र चलायमान तथा स्थिर राख्न नीतिको तहमा हस्तक्षेप (पोलिसी लेबल इन्टर्भेन्सन) गर्नुपर्ने नै हुन्छ । यो घर तथा सवारी कर्जामा कर चुक्ता लगायतका कुरा पनि सान्दर्भिक र राष्ट्रिय हितलाई अध्ययन गरेर ल्याइएको हो भन्ने मेरो बुझाइ छ । वास्तवमा यस्ता नीति धेरै वर्ष पहिले नै आएको भए अर्थतन्त्र अझ स्थिर र बलियो हुनेथियो । तथापि जहिले भयो अति राम्रो समयमा भयो । हाम्रो एउटै भनाइ जुन इन्फर्मल इकोनोमी धेरै हावी भएको परिस्थितिमा केही टाइमलाइन राखी क्रमिक रूपमा कडाइ गर्दै यस्ता प्रोभिजन लागू गरेमा बरोअर, बैङ्क लगायत सबैलाई परिस्थिति म्यानेज गर्न सहज हुन्थ्यो कि भन्ने मात्र हो ।

हाम्रो एउटै भनाइ जुन इन्फर्मल इकोनोमी धेरै हावी भएको परिस्थितिमा केही टाइमलाइन राखी क्रमिक रूपमा कडाइ गर्दै यस्ता प्रोभिजन लागू गरेमा बरोअर, बैङ्क लगायत सबैलाई परिस्थिति म्यानेज गर्न सहज हुन्थ्यो कि भन्ने मात्र हो ।

वाणिज्य बैङ्क बिग मर्जरको दिशामा गएका छन् । यसरी पुँजी केन्द्रीकृत गर्नु कत्तिको उपयुक्त छ ?

एन्टी कम्पिटेटिभ वा कार्टेलिङ गर्ने उद्देश्यले मर्जर गराई पुँजी केन्द्रीकृत गर्ने बिग मर्जरको उद्देश्य हो जस्तो मलाई लाग्दैन । यसले त रिपिटेसन अफ कस्ट, एन अकाउन्ट अफ टेक्नोलोजी पर्चेज, इन ह्यान्स रिस्क टेकिङ आदि कुरा हटाई इफिसियन्सी क्रियट गर्नेछ भन्ने मेरो विश्वास छ । तथापि ग्रामीण क्षेत्रमा ब्याङ्केबल कम्युनिटी तयार गर्नलाई अरू फाइनान्सियल इन्टरमेडिअरी त अपरिहार्य नै छन् ।

मर्जर सञ्चालक समितिले गर्ने बिजनेस डिसिजन हो । दुई संस्था मिल्दा सिनर्जिस्टिक एड्भान्टेज आउने, सेयर होल्डर भ्यालु बढ्ने, ब्रान्ड भ्यालु इन्ह्यान्स हुने हो भने नो भन्नुपर्ने केही कारण नहोला कि ।

मर्जरमा जाने यहाँहरूको योजना के छ ?

मर्जर सञ्चालक समितिले गर्ने बिजनेस डिसिजन हो । दुई संस्था मिल्दा सिनर्जिस्टिक एड्भान्टेज आउने, सेयर होल्डर भ्यालु बढ्ने, ब्रान्ड भ्यालु इन्ह्यान्स हुने हो भने नो भन्नुपर्ने केही कारण नहोला कि । अहिलेको समयमा हाम्रो फोकस भने कसरी संस्थालाई भित्रैबाट सबल बनाउने, बैङ्किङ क्षेत्रमा बेस्ट प्राक्टिसेस कसरी एडप्ट गर्ने, संस्थाको शाख कसरी वृद्धि गर्ने, ग्राहक तथा कर्मचारीलाई कसरी खुसी पार्ने भन्ने नै रहेको छ । त्यसैले हामीले अब्बल विकास बैङ्कका रूपमा स्थापित हुने सङ्कल्प गरेका छौँ ।

नवीनतम प्रविधि प्रयोग गरेर डिसिजन मेकिङ इफिसियन्ट बनाएमा एक्सिलेन्ट कस्टुमर सर्भिस डेलिभरी गर्न सकिने कुरामा हामी विश्वस्त छौँ ।

कामना सेवालाई प्रविधिमैत्री कसरी बनाउनुभएको छ ?

कामना सेवा विकास बैङ्कले आफ्ना ग्राहकका निमित्त लेटेस्ट भर्सनका इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ जस्ता सेवा उपलब्ध गराएको छ । इन्टरनेट अप्रुभल सिस्टम इन्स्ट्रल गरिसकेका छौँ । इन्टरनल एक्जामिनेसन सबै अनलाइन हुने गरेका छन् । यस्ता नवीनतम प्रविधि प्रयोग गरेर डिसिजन मेकिङ इफिसियन्ट बनाएमा एक्सिलेन्ट कस्टुमर सर्भिस डेलिभरी गर्न सकिने कुरामा हामी विश्वस्त छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री