मंगलबार, ११ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

समयपोष्ट २०७६ माघ १० गते १२:४३

Advertisement

नेप्सेमा प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य ४००.९५ कायम भएको छ ।

कम्पनीले साधारणसभाको लागि बुक क्लोज गरेसंगे ५ प्रतिशत बोनसमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज माघ १० गते शुक्रबार बुक क्लोज गरेको हो । माघ ९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले माघ २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७५/०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत गरी ) कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री