बिहीबार, १५ चैत २०८०

हामी जमिनसँग जोडिएका छौँ : मुक्तिनाथ विकास बैङ्का सीईओ पोखरेलको अन्तर्वार्ता

समयपोष्ट २०७६ माघ ९ गते ९:०१

Advertisement

मुक्तिनाथ विकास बैङ्कको पछिल्लो अवस्था कस्तो छ ?

हामीले भर्खरै मात्र मङ्सिर १९ गते १३औँ वार्षिक साधारण सभा सम्पन्न गर्यौं । पुस १९ गतेबाट हामी १३औँ वर्ष पूरा गरेर १४औँ वर्षमा लागेका छौँ । गएको आश्विन मसान्तको वित्तीय विवरण हेर्ने हो भने हाम्रो ब्यालेन्स सिटको साइज करिब ५६ अर्ब माथिकोे छ । डिपोजिट ४९ अर्ब ५८ करोडको छ । पौने ४२ अर्बको लगानी छ । २०७५ आश्विन मसान्तदेखि २०७६ को सोही अवधिमा करिब ५० प्रतिशतको प्रगति छ । पुस सम्मको वित्तीय सूचकाङ्क पनि राम्रो छ । समग्रमा बैङ्कको व्यवसाय राम्रोसँग वृद्धि भइरहेको छ साथै व्यवसायको दायरा पनि बढ्दै गइरहेको छ ।

हाम्रा लागि महत्वपूर्ण भनेको वित्तीय सेवा नै हो । वित्तीय समावेशीको लक्ष्य र ग्राहकको वित्तीय आवश्यकताको मागलाई सही तरिकाले सम्बोधन गर्न सक्यौँ भने हामी अगाडि बढ्छौँ । त्यहीँ अनुसारको नाफा पनि हुँदै जान्छ ।

यहाँहरूको नाफा वाणिज्य बैङ्ककै हाराहारीमा देखिन्छ, यसलाई निरन्तरता दिन कत्तिको चुनौती देख्नुहुन्छ ?

चुनौती छन्, जहाँ चुनौती हुन्छन् त्यहाँ अवसर पनि हुन्छन् । व्यापार बढदै जाँदा बजार पनि वृद्धि हुँदै जान्छ । बजार वृद्धि हुँदा अवसर सँगसँगै चुनौती पनि आउँछन् । अहिले हामी विकास बैङ्कका रूपमा काम गरिराखेका छौँ । हाम्रा लागि महत्वपूर्ण भनेको वित्तीय सेवा नै हो । वित्तीय समावेशीको लक्ष्य र ग्राहकको वित्तीय आवश्यकताको मागलाई सही तरिकाले सम्बोधन गर्न सक्यौँ भने हामी अगाडि बढ्छौँ । त्यहीँ अनुसारको नाफा पनि हुँदै जान्छ । जोखिम पनि व्यवस्था गर्नुपर्ने हुन्छ त्यही हिसाबले हामी अगाडि बढछौँ । त्यो गर्न सकिएन भने पछाडि पर्न सकिन्छ । त्यसकारण हामीले वित्तीय सेवाग्राहीको आवश्यकता के हो, बजारमा के उपलब्ध छ, त्यो बीचको अन्तर हामीले कसरी पूरा गर्न सक्छौँ ?, काम राम्रो हुँदा नतिजा राम्रो आउँछ ।

नयाँ शाखामा व्यापारको अवस्था कस्तो छ ?

हाम्रो उपस्थिति दुई कारणले चाहिन्छ । एउटा कारोबार गर्न, अर्को सम्बन्ध बढाउन । मोबाइल बैङ्किङले कारोबार सहज बनाउँछ । सम्बन्ध सहज बनाउन कर्मचारी र बैङ्कको उपस्थिति जरुरी छ । हाम्रो जुन लक्ष्य छ यसमा हामी शाखा विस्तार हुनैपर्छ भनेर सोच्छौँ । शाखा विस्तार हुँदा बैङ्कको उपस्थिति भौतिक रूपले देखिन्छ र स्पष्ट चित्र झल्किन्छ । कर्मचारीको समाजसँग सम्बन्ध बढ्दै जान्छ विश्वासको दायरा बढ्छ । राम्रो सेवा दिन प्रविधिकोे सहायता लिनैपर्छ र छिटोछरितो सुविधा पनि दिनैपर्छ ।

वाणिज्य बैङ्कको तुलनामा विकास बैङ्कका शाखा छिटो पहुँचमा आउँछन् किनभने हामी जमिनसँग जोडिएका छौँ । हामी सानो–सानो धितो (लोन)को कारोबार पनि गर्छौ । हाम्रो सानो व्यापारिक (स्मलर माइक्रो) बैङ्किङ प्रणाली छ ।

समग्रमा जुन व्यापारिक निष्कर्षको पाटो (फाइनान्सियल इनक्लुजनको पार्ट) छ । जुन पारदर्शी आम्दानी (इनकम डिस्प्यारिटी) छ । समाजले राज्यले राखेका आधारभूत लक्ष्य छन् । तिनलाई पूर्ति गर्न त्यहीँ बमोजिम वित्तीय सेवा दिन जरुरी छ । हामीले जुन शाखा खोलेका छौँ ती शाखाको कुन अवस्थामा धराशयी (बे्रक इभन प्वाइन्ट) मोडमा आइपुग्छन् भनेर विश्लेषण गर्दा त्यो धेरै कम छ । वाणिज्य बैङ्कको तुलनामा र भारत गएर त्यहाँको बैङ्कसँग तुलना गर्दा त्यो भन्दा हाम्रो बे्रक इभन पिरियड करिब आधा छ । भारतमा वाणिज्य बैङ्कको शाखा खुलेदेखि न नाफा न घाटा (नो गेन नो लस)मा आउन २४/२५ महिना लाग्नेरहेछ । हाम्रो अवस्था त्यसको आधा छ भनेपछि करिब करिब पुगनपुग १ वर्ष छ । वाणिज्य बैङ्कको तुलनामा विकास बैङ्कका शाखा छिटो पहुँचमा आउँछन् किनभने हामी जमिनसँग जोडिएका छौँ । हामी सानो–सानो धितो (लोन)को कारोबार पनि गर्छौ । हाम्रो सानो व्यापारिक (स्मलर माइक्रो) बैङ्किङ प्रणाली छ । जनता बैङ्क होइन बैङ्क जनतामा जानुपर्छ भन्ने मूल नारा बोकेको संस्था हो यो । त्यसकारण खासै गाह्रो छैन ।

प्रविधिको विकाससँगै बैङ्किङ सेवा पनि मोबाइलमा केन्द्रित भएको छ । यहाँहरूले पनि मोबाइल बैङ्किङ भनेर अभियान सञ्चालन गर्नुभएको छ । यो प्रविधि प्रयोगसँगै सुरक्षा रणनीति कसरी अपनाउनुभएको छ ?

व्यापार विस्तार गर्दै जाँदा सुरक्षा पनि त्यहीँ अनुसार गर्दै जानुपर्छ । माथिबाट हेर्दा जमिनमाथि रूख जति अग्लो हुन्छ त्यसका जरा त्यति तलसम्म गएका हुन्छन् । त्यस्तै कुनै संस्थाको सञ्जाल (नेटवर्क), व्यवसाय, दायरा, ग्राहकको सङ्ख्या जति बढी भयो त्यहीँ मात्रामा त्यसको आन्तरिक सुरक्षा प्रणाली, प्रोसेस, प्रोसिडियोर बलियो बनाउँदै जानुपर्छ । आन्तरिक कन्ट्रोल सिस्टमको व्यवस्था गर्दा लगानी धेरै, खर्च धेरै हुन्छ जस्तो लाग्ला तर त्यो खर्च होइन लगानी हो । रूखका जरा जस्तो लगानी जुन जतिभित्र गयो त्यति ठूलो हुन्छ । दायरा, क्षेत्रफल पनि त्यति बढी हुन्छ । कुनै पनि संस्थामा यो कुरा लागू हुने भएकाले त्यसलाई विशेष ध्यान दिनुपर्छ । हाम्रो बैङ्कले त्यसमा ध्यान दिएको छ । आजको दिनमा राष्ट्रिय स्तरका विकास बैङ्क मात्र नभइकन क्षेत्रीय स्तरका विकास बैङ्क आन्तरिक कन्ट्रोल सिस्टममा ज्यादै सजग छन् । हाम्रा आन्तरिक सुरक्षा प्रणाली, प्रोसेस, प्रोसिडियोर, कार्यविधि सबै राम्रा हुँदै गएका छन् । हामी अझै त्यसलाई बलियो बनाएर लैजान्छौँ ।

निर्माण क्षेत्रमा आएको सुस्त गतिसँगै अहिले बैङ्कमा लोनको माग कम हुँदै गयो भन्ने सुनिन्छ । अब तरलता अभावको समस्या अन्त्य भएको हो ?

त्यति निराशाजनक छैन, दोस्रो भूकम्पपछि धेरै पूर्वाधारका काम भए अब धेरै काम नहोलान् भन्ने छ, त्यो होइन । नेपालमा धेरै विकासका पूर्वाधारका काम बाँकी छन् । जस्तो सडकको निर्माण हुन बाँकी नै छ । रेल सञ्जाल, राम्रा विमानस्थल छैनन् । अहिले भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर होटल, गेस्ट हाउस, रेस्टुरेन्ट खुलेका छन् तर त्यतिले पुग्दैन । गुणस्तर भएका पर्यटक (क्वालिटी टुरिस्ट) भित्र्याउन विभिन्न पूर्वाधार बनाउन बाँकी नै छ ।

हाम्रो देश जहाँ ठूलो भौगोलिक विविधता छ । यहाँ हामी छ वटै मौसम देख्न सक्छौँ । हाम्रो सोच र कर्मले गर्दा हामी पछि परेका छौँ । अब स्थिर सरकार छ । नयाँ जोस जागरका साथ सबै अगाडि बढिराख्नुभएको छ । यो हिसाबले हेर्दा लगानीका अवसर कम हुँदैनन् बरु बढ्ने आशा गरेको छु । केही नीतिगत व्यवस्था सरकारका तर्फबाट हुनुपर्छ । हामी बैङ्क तथा वित्तीय संस्थाले त्यसमा वित्तीय अनुशासन लागू गर्नेहुँदा त्यसलाई सहज बनाउन हाम्रो नियामक निकायले पनि समयानुकूल नीति, निर्देशन, प्रोसिड्युर, सर्कुलर ल्याउँछ भन्नेमा आशावादी छौँ । त्यो हिसाबले राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।

राज्यले लिएको वृद्धिदरको जुन लक्ष्य छ त्यो हासिल गर्न आन्तरिक अथवा वैदेशिक स्रोतबाट पुँजीको व्यवस्था गर्नुपर्छ । कर्जाको विस्तार बढाउनुपर्छ ।

अर्को कुरा पुसपछि तरलता अभाव छैन भन्ने जुन कुरा आयो यदि सिसिड रेसियो हेर्ने हो भने हामीसँग तरलता सहज भएको अवस्था पनि छैन । हामीकहाँ सरप्लस फन्ड त्यति ठूलो हुँदैन । दुई/तीन वटा ठूला प्रोजेक्ट आए भने त्यो सरप्लस फन्ड कहाँ जान्छ कहाँ । त्यसकारण राज्यले लिएको वृद्धिदरको जुन लक्ष्य छ त्यो हासिल गर्न आन्तरिक अथवा वैदेशिक स्रोतबाट पुँजीको व्यवस्था गर्नुपर्छ । कर्जाको विस्तार बढाउनुपर्छ ।

कमर्सियल बैङ्कको बिग मर्जर सुरु भएको छ, डेभलप्मेन्ट बैङ्कलाई कस्तो असर गर्छ ?

मर्जर भएपछि त्यसको सञ्चालन खर्च घट्छ तर त्यसले मात्र पुग्दैन । हाम्रो जस्तो देश जहाँ साना, मझौला उद्योगी, व्यापारी, व्यवसायी प्रचुर मात्रामा छन् । मैले नेपाल राष्ट्र बैङ्कको अध्ययन रिपोर्टमा बैङ्क वित्तीय संस्थाबाट लोन लिएर साना तथा मझौला इन्टरप्राइजेज अगाडि बढाउने प्रपोर्सन ज्यादै न्यून पाएँ । हाम्रो जस्तो अर्थतन्त्र जहाँ साना तथा मझौला इन्टरप्राइजेजका ग्राहक व्यवसायी धेरै छन् त्यहाँ ज्यादै ठूला संस्था मात्रै भएर पुग्दैन । त्यहाँ साना संस्थालाई वित्तीय सेवा दिन सक्ने संस्था अथवा विकास बैङ्क हुन जरुरी छ । यो हिसाबले हेर्दा हामीलाई मर्जर पनि चाहिएको छ । वाणिज्य बैङ्कको मर्जर भएर ठूलाठूला परियोजनामा लगानी गर्न एउटा निश्चित क्षेत्र (सर्टेन भोलुम) भन्दा माथि लगानी गर्न उहाँहरूको आवश्यकता छ तर त्यसको साथसाथै बटम अफ द पिरामिड, मिडल अफ द पिरामिडको वित्तीय आवश्यकता पूरा गर्न विकास बैङ्कको आवश्यकता अपरिहार्य छ ।

भर्खर राष्ट्र बैङ्कले व्यक्तिगत घर र सवारी साधनको खरिद गर्दा आम्दानीको स्रोत देखाउनुपर्ने र कर चुक्ता दिनुपर्न भन्ने जुन निर्देशन दिएको छ यसले कत्तिको असर गर्छ विकास बैङ्कलाई ?

राज्यको कुनै पनि ठाउँमा बसेर आम्दानी गरिसकेपछि राज्यलाई कर तिर्नुपर्छ । त्यसमा दुईमत छैन । दोस्रो करदाताले तिरेको करको प्रयोग कसरी भएको छ ? त्यसका बारेमा जति पारदर्शिता बढ्दै गयो करदातालाई कर तिर्न प्रोत्साहन मिल्छ । तेस्रो प्राकृतिक नियमको कुरा गरौँ । सानो बिरुवालाई हुर्काउन त्यो बिरुवामा पानी थोपा थोपा गरेर पनि हाल्न सकिन्छ । दिनभरि चाहिने पानी एकैचोटि राख्न पनि सकिन्छ । सानो बिरुवा छ र त्यसलाई थोपा थोपा गरेर हाल्नुभयो भने त्यो बिरुवाले पानी पनि पाउँछ, पानी धेरै खेर पनि जाँदैन । अर्को धेरै पानी एकैचोटि हाल्दिँदा त्यो बिरुवा मर्न पनि सक्छ । त्यस्तै जहाँसम्म गैर व्यावसायिक कर्जाको कुरा छ । त्यसमा आबद्ध भएका जुन नेचुरल इन्टिटिजको कुरा गर्दा प्राकृतिक व्यक्तिका बारेमा कुरा गर्दा उहाँहरू जति जनाले कर तिरिराख्नुभएको छ । जस्तो बैङ्किङ इन्डस्ट्रीमा कर तिर्ने सिस्टम स्पष्ट छ । अरू व्यावसायिक संस्थामा काम गर्नेले पनि कर तिरिराख्नुभएको छ । सबैले कर तिरेको अवस्था नहुन पनि सक्छ । त्यसलाई प्रभावित (मोटिभेट) गर्न विस्तारै यो नीति (पोलिसी) ल्याएको भए हुन्थ्यो । उदाहरणका लागि कति यस्ता क्षेत्र छन् जहाँ हुने आम्दानीमा कर लाग्दैन । त्यसमा स्पष्ट नीति आउनुपर्छ । दोस्रो रेमिट्यान्सबाट आएको आम्दानीमा के गर्ने भन्ने छ । कृषिमा बहुसङ्ख्यक जनता आश्रित छन् । त्यसले गर्दा व्यावहारिक कठिनाइ छन् ।

जुन नियम आयो यो एकाएक आएको होइन । ०७५/७६ को मौद्रिक नीति हेर्नुभयो भने त्यहाँ स्पष्ट रूपले लेखिएका कुरा आएका छन् । मौद्रिक नीतिमा एक करोड सम्मको कर्जा लिन प्यान चाहिने कुरा थियो । त्यसलाई ५० लाखमा झारिएको छ । यो नियम मिलाउँदा ५० लाख सम्मको व्यक्तिगत गैर व्यावसायिक कर्जाको कुरामा अलिकति छुट दिएर पछि त्यसलाई पनि विस्तारै इन्कर्पोरेट गराएको भए हुन्थ्यो कि भन्न चाहेको हुँ । मैले प्राकृतिक कुराको उदाहरण दिएर पुष्ट्याइँ गर्ने कोसिस गरेँ तर मैले यो भन्दाभन्दै पनि हामीले सैद्धान्तिक रूपले कुरा गर्दा कुनै व्यक्तिले कुनै देशमा कुनै ठाउँमा बसेर आम्दानी गर्छ भने त्यो आम्दानीको केही भाग करका रूपमा राज्यलाई बुझाउनुपर्छ । त्यही करबाट नै देश चल्ने हो । त्यसलाई लागू गर्ने कुरा ग्रयाजुयट भएको भए यसले झन् राम्रो गथ्र्यो । अब यसको बारेमा नेपाल बैङ्कर एसोसिएसन, डेभलपमेन्ट बैङ्कर एसोसिएसन र अन्य सङ्गठित संस्थाबाट हाम्रो नियामक निकायलाई राय सुझाव दिन्छौँ । उहाँहरूले त्यसलाई सकारात्मक रूपमा लिनुहुन्छ । समग्रमा देशलाई अगाडि लिएर जाने कुरा छ । यो समस्या निराकरण गरिकन राज्यको आवश्यकता पूरा गर्नेगरी अगाडि बढ्छौँ भन्ने मलाई विश्वास छ ।

 

संसारमा यति धेरै आर्थिक र वित्तीय सङ्कट भए तर नेपालको बैङ्किङ क्षेत्रमा त्यो भएको छैन । नेपाल बैङ्कको स्थापना भए देखिकै ट्रेन हेर्दा त्यसमा हाम्रो नियामक निकाय सफल देखिन्छ ।

राष्ट्र बैङ्कको नीति, निर्देशन हेर्दा यो नियमन नभएर नियन्त्रण हो भन्ने पनि गरिन्छ, यहाँलाई के लाग्छ ?

जहाँसम्म रेगुलेट र कन्ट्रोलको कुरा छ । कुनै ठाउँमा कन्ट्रोल कम छ र रेगुलेट गरेर राखिएको छ भने त्यसले त्यो सेक्टरलाई त्यो सेग्मेन्टलाई वृद्धि गर्न मद्दत गर्छ । कहीँ गल्ती छन् भने त्यसलाई कन्ट्रोल पनि गर्नुपर्छ । स्वतन्त्र व्यक्तिका रूपमा भन्नुपर्दा नियामक निकायको नियमन सहज हुन्छ भनेर कसैले मानेको छैन भने कन्ट्रोल पनि गर्नुपर्छ । अहिले नेपालमा भएका विभिन्न क्षेत्रमध्ये बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन बीएफआइजको इन्डस्ट्रीलाई हेर्नुभयो भने मोर प्रोफिसेन्ट्ली चलेको देखिन्छ । यसको क्रेडिट बीएफआइजको सञ्चालक समिति, म्यानेजमेन्ट र कर्मचारीलाई त दिनैपर्छ साथै नियामक निकाय केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कलाई पनि जान्छ । संसारमा यति धेरै आर्थिक र वित्तीय सङ्कट भए तर नेपालको बैङ्किङ क्षेत्रमा त्यो भएको छैन । नेपाल बैङ्कको स्थापना भए देखिकै ट्रेन हेर्दा त्यसमा हाम्रो नियामक निकाय सफल देखिन्छ ।

 

हामी विकास बैङ्कका रूपमा जुन बलियो हिसाबले काम गरिराखेका छौँ जुन बटम अफ द पिरामिड, मिडल अफ द पिरामिड अनुसार सेवा दिइराखेका छौँ, त्यो साख कायम राख्दैै हामी अगाडि बढ्छौँ त्यसलाई हामी गुमाउँदैनौँ ।

मुक्तिनाथ विकास बैङ्कको मर्जरमा जाने कुनै योजना छ कि ?

पहिलो कुरा राज्यको नीतिलाई हामीले सपोर्ट गर्नैपर्छ । दोस्रो जहाँसम्म मुक्तिनाथ विकास बैङ्कको कुरा छ हामीले यही विकास बैङ्कका रूपमा ज्यादै राम्रो गरिराखेका छौँ भने अन्य संस्थामा समाहित भएर आफ्नो अस्तित्व गुमाएर बस्ने कुरा आउँदैन । हाम्रो कार्यक्षेत्र, दायरा बढाउँदै हामीले जुन काम गरिराखेका छौँ फाइनान्सियल इन्क्लुजन, फाइनान्सियल ग्रोथका लागि, इनकम डिस्प्यारिटी घटाउन विकास बैङ्कका रूपमा जुन काम गरिराखेका छौँ, विकास बैङ्कका रूपमा गरिराखेका छौँ त्यसलाई नगुमाइकन मुक्तिनाथ विकास बैङ्कको नाम नगुमाइकन अरू साना संस्थालाई आफूमा समाहित गर्न सक्छौँ । अरू कुनै वाणिज्य बैङ्कसँग गएर मर्ज हुने र आफ्नो अस्तित्व गुमाउने काम हामी गर्दैनौँ । म यो संस्थामा आएको करिब तीन वर्ष भइसक्यो । त्यसकारण पनि यो कुरा ढुक्कसँग भन्न सक्छु । जो हाम्रा सञ्चालक समितिका सर हुनुहुन्छ । उहाँहरूको मानसिकता हेर्दा मुक्तिनाथ विकास बैङ्कले आफ्नो छवि कुनै पनि हालतमा गुमाउँदैन । आफ्नो छवि झन् बलियो बनाउँदै लिएर जानुपर्छ । हामी विकास बैङ्कका रूपमा जुन बलियो हिसाबले काम गरिराखेका छौँ जुन बटम अफ द पिरामिड, मिडल अफ द पिरामिड अनुसार सेवा दिइराखेका छौँ, त्यो साख कायम राख्दैै हामी अगाडि बढ्छौँ त्यसलाई हामी गुमाउँदैनौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री