शुक्रबार, ७ वैशाख २०८१

यी हुन् मानवअङ्गसंग मिल्दाजुल्दा खानेकुरा र यिनका फाईदा

समयपोष्ट २०७६ माघ ६ गते १४:५८

Advertisement

 

 

 

हाम्रो शरीरको कुनै न कुनै अंग खानेकुरासंग मिल्दोजुल्दो देखिन्छ । फूड एण्ड न्युट्रिसन एक्सपर्टहर पनि शरीरको अंगसंग मिल्ने यस्ता खानेकुराले सोही अंगलाई स्वस्थ राख्न मद्त गर्ने बताउँछन् ।

च्याउँ-कान

काटिएको च्याउँ कानको भित्रि अंगसंग ठ्याक्कै मिल्ने गर्दछ । यसमा पाईने भिटामिट D ले कानको समस्याबाट बचाउँछ ।

ओखर- दिमाग

ओखर मानिसको ब्रेन जस्तो देखिन्छ । ओखरको भित्रि भाग बाहिरको कडा खोलले ढाकिएको हुन्छ । मानिसको ब्रेनलाई पनि त्यसैगरी टाउँकोले जोगाएको हुन्छ । प्राकृतिक रुपमै पनि यि दुईको बनावट उस्तै देखिन्छ । ओखरमा भएको ओमेगा फ्याट्टी एसिड र याण्टिअक्सिडेण्टले ब्रेनलाई स्वास्थ राख्न सहयोग पुर्याउदछ ।

गोलभेडा-मुटु

गोलभेडाको भित्रि भाग मुटुको भित्रिअंगसंग मिल्दो हुन्छ । गोलभेडामा रहेको लायकोपिन र भिटामिन C मुटुलाई स्वास्थ राख्न सहयोगि हुन्छ ।

अदुवा-पेट

अदुवा पेटको भित्रि अदुवा पेटको भित्रि भागजस्तै देखिन्छ । अदुवामा रहेको जिंजरायलले पेटमा हुने कैयौ रोगलाई फाईदा गर्दछ ।

अंगुर-फोक्सो

अंगुरको गुच्छा फोक्सोको भित्रिभाग जस्तै देखिन्छ । अंगुरमा पाईने प्रोयंथोसायनिडिन नामक केमिकल दम र फोक्सो क्यान्सरबाट जोगाउँन सहयोगि हुन्छ।

 

सख्खरखण्ड-प्यानक्रियाज

सख्खरखण्ड मानिसको प्यानक्रियाज जस्तो देखिन्छ । यसमा पाईने भिटामिन B6 ले प्यानक्रियाजलाई स्वस्थ राख्न सहयोग गर्छ भने क्यान्सरबाट समेत जोगाउँछ ।

गाजर-आँखा

गाजरलाई काटिसकेपछि त्यसको भित्रि भाग आँखासंग मिल्दोजुल्दो देखिन्छ । गाजरमा पाईने बिटा क्यारोटिनले आँखाको तेजलाई बढाउँन मद्त गर्दछ भने आँखाको रोगबाट पनि छुटकारा दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री