शुक्रबार, १६ चैत २०८०

प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विश्व तिमिला नियुक्त

समयपोष्ट २०७६ पुष २४ गते ८:५१

Advertisement

प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा विश्व तिमिला नियुक्त भएका छन् । तिमिलाले मंगलबार पदबहाली गरेका हुन् । ४ दशक बिमा क्षेत्रमा बिताएका तिमिलाले यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

उनले सोही कम्पनीमा केही समय सञ्चालकको जिम्मेवारी समेत सम्हाली सकेका छन् । वि सं २०३७ सालदेखि ओरियन्टर इन्स्योरेन्स कम्पनीमा बजार अधिकृतका रुपमा करिअर सुरु गरे तिमिलाले वि सं २०५३ मा नेको इन्स्योरेन्सको बरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए । उनले नेको इन्सयोरेन्समा २०७२ साल देखि २०७६सम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री