सोमबार, ७ जेठ २०८१

विवाह तोडिएपछि जब दुलही आफै जन्ती लिएर दुलाहकोमा पुगिन्…

समयपोष्ट २०७६ पुष २१ गते १२:३१

Advertisement

भारतको विहार बैरिया थानामा फरक किसिमको विवाह भएको छ । दुलही दुलाह लिन आफै जन्ती लिएर दुलाहाको घर गएकी थिइन् ।

केटापक्षले विवाहको छिनोफानो गरेपछि विवाह अस्विकार गरेको कारण दुलही आफै दुलाहाको घर गएकी हुन् । उनी केटाको घर पुगेपछि सबै परिवार फरार भएपनि दुलही भने बसिरहिन् ।

गीता कुमारीको दीपकसंग विवाहको टुंगो केहि समय अघि भएको थियो । यी दुवैको परिवारबीच पुरानै नाता रहेको थियो । विवाहको एक दिन अघि मात्र केटापक्षले रद्द गरेको थियो ।

यसपछि गीता आफ्नो परिवार र गाउँका मानिसहरु लिएर दुलाहाको घरमा पुगेकी हुन् । उनीहरु पु्गेपछि दुलाहा सहित समुचा परिवार फरार भएको थियो । गीताले आफ्नो परिवारको साथ दीपकको घरको ढोकामा धर्ना दिएकी थिइन् । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री