सोमबार, ७ जेठ २०८१

हरेक वर्ष बढ्छ यो शिवलिंग

समयपोष्ट २०७६ पुष १८ गते १४:५५

Advertisement

भारतमा एक यस्तो शिवलिगं छ जुन हरेक बर्ष बढ्दै जान्छ ।

छत्तिसगढको जंगलमा रहेको प्राकृतिक शिवलिंग ‘भुतेश्वर महादेव’ को नामले विश्वप्रसिद्ध रहेको छ । विश्वभर उंचाई बढेको कारण यो मन्दिर प्रसिद्ध छ । यो शिवलिगंलाई अर्धनारीश्वर ‘भकुर्रा महादेव’ पनि भनिन्छ ।

शिवलिगंको रेखदेखको लागि एउटा महासमिति बनाइएको छ । उक्त महासमितिको अनुुसार हरेक महाशिवरात्रीको दिनमा शिवलिगंको उचाई र मोटाई नाप्ने गरिन्छ । महासमितिका सदस्यले हरेक वर्ष उक्त शिवलिगं एक इन्चबाट पौने इन्चसम्म बढ्दै जाने बताएका छन् ।

भुतेश्वर महादेव साउन महिनामा भक्तालुहरु टाढाबाट आएर पूजा अर्चना गर्ने गरेका छन् । यहाँ सम्पुर्ण पूजाको संचालन १७ गाउँका समिति मिलेर गर्ने गरेका छन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री