
एन आई सी एशिया बैंक लिमिटेडले बैंकको डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई नयाँ बर्ष २०२० को अवसरमा भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५०० सम्म क्यासव्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म लागु हुँने यस योजनामा क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५०० तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ ।
यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।










प्रतिक्रिया