मंगलबार, २५ वैशाख २०८१

टिभिएसको नयाँ योजना ‘अपाचे रेस ट्रयाक एक्सपेरियन्स’,बिजेताले चेन्नाईमा अपाचे आरआर ३१० कुदाउन पाउने

समयपोष्ट २०७६ साउन १ गते १९:०४

Advertisement

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ‘अपाचे रेस ट्रयाक एक्सपेरियन्स’ सार्वजनिक गरेको छ ।

योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे आरआर ३१० तथा अपाचे २०० ४भी भी२को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ । सहभागि मध्ये २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० तथा अपाचे २०० ४भी भी२को कुदाउनुको अनुभव संगाल्न पाउनेछन् ।

साथै अपाचे आरआर३१० तथा अपाचे २०० ४भी भी२को खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः १०,००० तथा ७,००० रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन् भने अपाचे आरआर३१० को लागि मासिक किस्ताबन्दी १९,०९३ र अपाचे २०० ४भी भी२को लागि ११,२४५ कायम गरिएको छ ।

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने, “हरेक मोटरसाईकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पुरा गर्न सकेका हुँदैनन् ।

Advertisement

यसैले आफ्ना बाइक प्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्भित पार्दै आएको टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक सर्वथा भिन्न आश्चर्यजनक उपहारको रुपमा हामीले हाम्रा ग्राहकहरुलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेका छौं ।”

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४ कि.मि को छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री