शुक्रबार, २ साउन २०८२

साङ्ग्रिलाका अध्यक्ष प्रा डा रवीन्द्रप्रसाद श्रेष्ठको शपथ

समयपोष्ट २०७४ असार २० गते ३:११

 साङ्ग्रिला डेभलपमेण्ट बैङ्कका नवनिर्वाचित अध्यक्ष प्रा डा रवीन्द्रप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेका छन् । श्रेष्ठले सोमवार नेपाल राष्ट्र बैङ्कका डेपुुटी गभर्नर चिन्तामणि सिवाकोटीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ ले  गरेको वित्तीय संस्थाका अध्यक्षले तोकिएको ढाँचामा नेपाल राष्ट्र बैङ्कसमक्ष शपथ लिनुुपर्ने व्यवस्थाबमोजिम श्रेष्ठले शपथ लिएको बैङ्कका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री