बिहीबार, ८ साउन २०८२

हुरीबतास पिडितलाई एनआईसि एशिया बैंकले वितरण गर्यो राहत

समयपोष्ट २०७५ चैत २१ गते १७:२१

एन आई सी एशिया बैंक लिमिटेडले विध्वंसकारी हुरीबतासले क्षति पुर्याएको बारा र पर्सामा राहत सामाग्री वितरण गरेको छ । बैंकले फेटा गाउँपालिकाको पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडित जन समुदायका लागि ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीहरु वितरण गरेको हो ।

उक्त राहत सामग्री बैंकका संचालक समिती सदस्य विनोद कुमार प्याकुरेलले सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

बैंकको यो सानो सहयोगले उक्त क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहत पुग्ने विश्वास बैंकले लिएको संचालक प्याकुरेलले बताए ।

हाल बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै अएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री