सामान्य अंकले बढ्यो सेयर बजार
समयपोष्ट
२०७५ चैत २० गते १५:१६
बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक २.०१ अंकले बढेर ११६५.८४ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १ सय ७० कम्पनीका २० लाख कित्ता सेयर ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी एन आइ सि एशिया बैंकको सेयर किनबेच भएको छ । आज दुई समुह उपसुचक बढेका छन् भने अन्य सबै समुह उपसुचक घटेका छन् ।
आज बाणिज्य बैंक समुह ४.५३ र विकास बैंक समुह ६.११ अंकले बढेका छन् ।
आज होटल समुह १५.८१,जलविद्युत समुह ३.९६,फाइनान्स २.०३,र्निजिवन बीमा ६.६१,उत्पादनमुलक ५.१२,अन्य ०.९२,लघुवित्त २.३९ र जीवन बीमा समुह ३.८३ अंकले घटेका छन् ।
प्रतिक्रिया