बुधबार, ७ साउन २०८२

फुर्सदको समय प्रायः म समाजसेवामा लाग्दछु : युवा उद्यमी डा. बबिन पोख्रेलको जीवनशैली

समयपोष्ट २०७५ चैत १७ गते १०:०१

राजधानीको तीनकुनेमा अवस्थित भीएस निकेतन प्रतिष्ठित शैक्षिक संस्था हो । यस संस्थाले सञ्चालनको ३९ औं वर्ष पार गरिसकेको छ । स्वर्गीय डा. बाबुराम पोखरेलद्वारा स्थापित यस संस्थाको नेतृत्व दोस्रो पुस्ता अर्थात् उनका छोरा डा. बबिन पोख्रेलले सम्हालिरहेका छन् । आपनो पल्स टुको अध्ययन सक्नेबित्तिकै यही संस्थाबाट करिअर सुरुवात गरेका उनले नौ वर्षअघि नै सहायक प्रिन्सिपलको रुपमा कमाण्ड सम्हालेका थिए । तल्लो तहबाटै उक्त विद्यालयबारे बुझ्ने मौका पाएकाले पनि उनलाई विद्यालय सञ्चालनमा कुनै समस्या आइनपरेन । अधिकांश संस्थामा पहिलो पुस्ताबाट दोस्रो पुस्तामा व्यवसाय हस्तान्तरण हुँदा सञ्चालनमा समस्या देखिरहँदा उनले भने सहज ढङ्गले सञ्चालन गरिरहेका छन् । विदेशमा उच्च शिक्षा हासिल गरेर पनि स्वदेशमै केही गर्नुपर्छ भनेर नेपाल फर्किएका डा. पोख्रेलमा बैङ्किङ क्षेत्रको पनि राम्रो ज्ञान छ । आफ्नो सफलताको सम्पूर्ण श्रेय स्वर्गीय बुबालाई दिने उनी बुबाकै पदचाप पछ्याउन चाहन्छन् । प्रस्तुत छ, हँसिला र मिजासिला स्वभावका युवा उद्यमी डा. पोख्रेलको जीवनशैली–

समय
मेरा कामहरू प्रायः Organized र Planned हुने भएकाले समय व्यवस्थापनमा खासै समस्या हँुदैन । बिदाको समय र फुर्सदको समय म मेरो परिवारसँगै रमाउने गर्छु ।

खाना
मलाई मन पर्ने खाना नेपाली खाना हो र मलाई मीठो परिकारका रूपमा ‘पास्ता’ करी पकाउन आउँछ ।


पोसाक
मलाई मन पर्ने पोसाक नेपाली राष्ट्रिय पोसाक दौरा–सुरुवाल हो तर कामविशेषले गर्दा प्रायः टाइसुट नै लगाउने गर्छु ।

फिटनेस
म शरीरलाई तन्दुरुस्ती (फिटनेस) राख्नका लागि बिहान योग अभ्यास गर्दछु साथै बेलुकी जिम गर्दछु ।

अध्ययन
मैले एमबीए, एमएस्सी, एमए डिप्लोमेसीमा स्नातकोत्तर, काठमाडौँ विश्वविद्यालयबाट ‘एजुकेसन लिडरसीप’ विषयमा विद्यावारिधि गरेको छु ।

पुस्तक
मलाई मन पर्ने पुस्तक ‘Richard Branson’ को Biography भन्ने पुस्तक हो । मलाई मानिसहरूका व्यक्तित्व झल्कने विषय भएका पुस्तक मन पर्छ ।

घुमफिर
मलाई घुमफिरमा रुचि छ, मलाई नयाँ–नयाँ ठाउँ प्रायः घुम्न मन पर्छ ।

फुर्सद
फुर्सदको समय प्रायः म समाजसेवाको कार्यमा लाग्दछु ।

खेलकुद
मलाई खेलकुदमा असाध्य रुचि छ र म प्रायः प्रिमियर लिग फुटबल हेर्ने गर्दछु । साथै, पौडी, बास्केटबल र गल्फ खेल्न आउँछ ।

मोबाइल
मोबाइलमा खासै रुचि छैन तर मनी एप्पल कम्पनीको आईफोन एट प्लस प्रयोग गर्छु ।

टीभी
सामान्यरूपमा समाचार हेर्दछु । साथै, बीबीसी र सीएनएन पनि भ्याएको समयमा हेर्दछु ।

अटोमोबाइल
निसान ब्रान्डको अटोमोबाइल चलाउने गरेको छु ।

चलचित्र
फुर्सदको समयमा चलचित्र हेर्छु । मलाई अङ्ग्रेजी मूभी प्रायः मन पर्छ ।

रोग
मलाई अहिलेसम्म कुनै रोग लागेको छैन ।

भाषणशैली
भाषणशैली राम्रो छ ।

मापसे
म चुरोट–रक्सी सेवन गर्दिनँ ।

सङ्गीत
मलाई सङ्गीत मन पर्छ । म प्रायः सुफी टाइपका गीत सुन्दछु ।

भूल
मैले मेरो बुबासँग लामो समय बिताउन पाइनँ । यो नै मेरो जीवनको सबैभन्दा ठूलो भूल हो ।

प्रेम
जीवनको पर्यायवाची शब्द नै मलाई लाग्छ– प्रेम ।

सपना
मेरो बुबाले अँगालेको शिक्षा क्षेत्र र समाजसेवालाई मूर्तरूप दिनु नै मेरो जीवनको सपना हो ।

राशि
मलाई राशि, ग्रह, ज्योतिष शास्त्रमा धेरै विश्वास लाग्छ ।

शिक्षणकला
म विगत ८ वर्षदेखि शिक्षाको व्यवस्थापन क्षेत्रमा आबद्ध छु ।

शिक्षामा सुधार गर्नुपर्ने विषय
विद्यालय तहको शिक्षामा सुधार गर्नका लागि समयसापेक्ष पाठ्यक्रम–पाठ्यपुस्तक र नयाँ–नयाँ शिक्षण पद्धति अपनाउनुपर्छ ।

अभिभावकलाई सुझाव
अभिभावकहरूले ध्यान दिनुपर्ने कुरा– विद्यालयको गुणस्तर, नतिजा, व्यवस्थापन आदिलाई नजिकबाट बुझेर आफ्ना छोरा–छोरीको भविष्य उज्ज्वल बनाउन प्रेरित गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री