एन आई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रायमाझी
समयपोष्ट
२०७५ चैत १२ गते ११:२८
एन आई सी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझी नियुक्त भएका छन् ।
बैंकको ५५ औ सञ्चालक समिति बैंठकले रायमाझीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निणर्य गरेको हो । रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।
विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको कार्यकालमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटल बाट प्रदान गरिने सम्पूर्ण सुविधाहरु उत्कृष्ट रहने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया