शुक्रबार, २१ वैशाख २०८१

शिवम् सिमेन्ट र युनिभर्सल पावर कम्पनीको शेयर कारोबार खुल्यो

समयपोष्ट २०७५ चैत ७ गते १२:३३

Advertisement

आजबाट नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयर कारोबार खुलेको छ ।

बिहीबारबाट शिवम् सिमेन्ट लिमिटेड र युनिभर्सल पावर कम्पनीको शेयर कारोबार खुलेको हो । नेप्सेले शिवम् सिमेन्टको कारोबारका लागि एसएचआईभिएम र युनिभर्सल पावरको कारोबारका लागि नेप्सेले युपिसिएल संकेत प्रदान गरेको छ।

नेप्सेले शिवम् सिमेन्टको पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४८४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज प्रदान गरेको छ।

यसैगरि युनिभर्सल पावर कम्पनीको शेयर कारोबारका लागि नेप्सेले १०१ रुपैयाँ ११ पैसादेखि अधिकतम ३०३ रुपैयाँ ३३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

Advertisement

दुबै कम्पनीको बिहीबार यहि रेञ्जलाई आधार मानेर कारोबार खुलेको छ।दुबै कम्पनीले मंगलबार नेप्सेमा शेयर सूचीकरण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री