मंगलबार, १८ वैशाख २०८१

प्रिमियर इन्स्योरेन्सको एक अर्ब ७७ लाख बिमा शुल्क आर्जन

समयपोष्ट २०७४ वैशाख २६ गते ६:११

निर्जिवन बिमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्स २३ औँ बार्षिकोत्सवको मनाएको छ । बार्षिकोत्सवका अवसरमा कम्पनीको वर्तमान स्थिति, हाल उपलब्ध गराउँदै आएका सेवाहरू र भविष्यमा प्रदान गर्ने ग्राहकमुखी सेवाहरू बारे जानकारी दिएको छ । 

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले बिमा दाबीको प्रक्रिया सरलीकृत गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको बताए । कम्पनीले छिट्टै कस्टमर क्लेम इन्फर्मेसन पोर्टल ल्याउने बताए । 

सेवा मार्फत ग्राहकहरुलाई अनलाइन प्रक्रियाबाट बिमा दाबी प्रक्रियाको सेवा सुरुवात गर्न लागेको उनो भनाई छ । कायर्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले कम्पनीको नयाँ लोगोको अनावरण गरे । आर्थिक वर्ष २०७२–०७३ मा कम्पनीले कुल बिमा शुल्क एक अर्ब ४२ लाख आर्जन गरी खुद नाफा १८ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो ।  ४४ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कम्पनीको अधिकृत पुँजी ७५ करोडबाट बढेर दुई अर्ब र जारी पुँजीलाई एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।  चालु आव २०७३–७४ को तेस्रो त्रैमासिकको अन्तसम्ममा कम्पनीले एक अर्ब ७७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री