हेर्नुहोस् कुन कम्पनीको कति कित्ता बोनस सेयर भए आज सुचिकृत
आजै मात्र सेयर बजारमा आठ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार बोनस सेयर सूचीकृत हुनेमा स्टाण्डर्ड चार्टड बैंक,गरिमा विकास बैंक,लक्ष्मी बैंक,एनएलजी इन्स्योरेन्स,भक्तपुर फाइनान्स,सगरमाथा इन्स्योरेन्स,ज्योति विकास बैंक,र कन्चन विकास बैंक रहेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार स्टाण्डर्ड चार्टड बैंकको १३ लाख ७४ हजार ७ सय ५३ कित्ता, गरिमा विकास बैंकको २१ लाख ६१ हजार २३ कित्ता र लक्ष्मी बैंकको ११ लाख ९८ हजार ११ कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै एनएलजी इन्स्योरेन्सको १० लाख २४ हजार ६ सय ५० कित्ता, भक्तपुर फाइनान्सको ७३ हजार ८ सय ५० कित्ता, सगरमाथा इन्स्योरेन्सको १ लाख ७० हजार ६ सय ९० कित्ता, ज्योति विकास बैंकको ११ लाख ७२ हजार ९ सय ७ कित्ता र कन्चन विकास बैंकको ४ लाख ९५ हजार बोनस सेयर सूचीकृत भएको छ ।कन्चनको ९ लाख ९० हजार कित्ता हकप्रद समेत सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया