बुधबार, ५ कार्तिक २०८२

दशैं र तिहारको अवसरमा ‘बर्जर पेन्ट एक्स्प्रेस’ योजना

समयपोष्ट २०७५ असोज १७ गते ११:५१

नेपालमा सन् २००० देखि रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल)ले दशैं र तिहारको अवसरमा ‘बर्जर पेन्ट एक्स्प्रेस’ योजना ल्याएको छ ।

Advertisement

यस योजना अन्तर्गत बर्जर पेन्ट्सको छानिएका ब्राण्डहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुसन डिजाइनर फिनिस निःशुल्क पाउनुका साथै प्रतियोगिता मार्फत अन्य आकर्षक नगद पुरस्कारहरु जित्ने मौका मिल्नेछ ।

यो योजना बर्जरका उत्पादनहरु वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्क लक्जरी, इजि क्लिन एक्सपी र इजि क्लिनमा मात्र लागू गरिएको छ ।

यस अफरमा सहभागी हुन चाहने ग्राहक घरधनीले घरमा रङ्ग रोगन गर्नु अघि नै बर्जरको टोल फ्रि नम्बर १६६०–०१–२३४३४ अथवा ९८०१५७१००१ मा कल गरी वा ३३३७७ मा ‘बर्जर’ टाइप गरेर एसएमएस पठाई आफ्नो नाम सूचीकृत गर्नु पर्नेछ ।

बर्जरको यो प्रवद्र्धन योजना अन्तर्गत यही असोज १६ गतेदेखि मंसिर मसान्तसम्म सूचीकृत गरिसक्नु पर्नेछ भने घरको रङ्ग रोगन कार्य पुष मसान्त सम्म समाप्त गरिसक्नु पर्नेछ । घरधनीहरुले योजना सम्बधी अन्य थप जानकारीका लागि आफ्नो नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री