माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण
माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी एक कार्यक्रमका बीच आज पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द« अधिकारीले गरे । पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको मन्त्री अधिकारीले उच्च प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन के. सी.ले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्व कै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथ मा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताए ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घर निर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया