मंगलबार, ६ साउन २०८२

मोरङ र रोल्पामा जनता बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ साउन १५ गते ५:५३

जनता बैंक नेपाल लिमिटेडले दुई स्थानमा थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङस्थित बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनी र रोल्पास्थित परिवर्तन गाउँपालिका वडा नं.५, दुइखुलीमा शाखा विस्तार गरेको हो ।

यससंगै बैंकको शाखा सञ्जाल १२१ पुगेको छ । हाल बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री