बिहीबार, १३ कार्तिक २०८२

महालक्ष्मी विकास बैंक ISO 9001:2015 बाट पुनः प्रमाणित

समयपोष्ट २०८२ कार्तिक १३ गते ११:३५

Advertisement

महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणालीबाट पुनः प्रमाणीकरण प्राप्त गरेको छ।

बैंकले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उत्कृष्ट सेवा प्रदान गर्न सक्षम भएको प्रमाणित गर्दै मिति २०८१ श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखि लागू हुने गरी प्रमाणपत्र प्राप्त गरेको थियो। त्यसयता २०८२ भाद्रमा सम्पन्न पहिलो सर्भिलेन्स अडिटमा सफलता हासिल गर्दै पुनः प्रमाणित भएको हो।

बैंकले “Excellence in Development Banking” अन्तर्गत यो प्रमाणपत्र प्राप्त गरेको छ र विकास बैंकहरूमा यस्तो प्रमाणपत्र लिने पहिलो तथा अग्रणी बैंक बनेको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम राख्ने, उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने तथा कार्यप्रणालीमा निरन्तर सुधार गर्ने संस्थाले मात्र यो प्रमाणपत्र पाउन योग्य हुन्छन्।

Advertisement

प्रमाणीकरणका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण र समग्र व्यवस्थापन प्रणालीको विस्तृत जाँच तथा अडिट गरिएको थियो।

“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात् गर्दै विगत ३१ वर्षदेखि नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकसँग देशभर करिब ८ लाखभन्दा बढी ग्राहक छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री