शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियानअन्तर्गत चौथो भिडियो सार्वजनिक

नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान हासिल गरिसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गत चौथो भिडियो सार्वजनिक गरेको छ। यो भिडियोले जिम्मेवारी र उत्तरदायित्वको महत्वलाई जीवन्त रूपमा प्रस्तुत गर्दै दर्शकहरूलाई प्रेरित गर्ने लक्ष्य राखेको छ।
भिडियोमा एक जिम्मेवार चिकित्सकको कथा चित्रण गरिएको छ, जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कन लागेका बेला आकस्मिक रूपमा आएको बिरामीको उपचारमा समर्पित भएर जिम्मेवारी पूरा गर्छन्। यसले ‘जिम्मेवारीको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सन्देश प्रवाह गर्दै समाजमा उत्तरदायित्वप्रतिको चेतना जगाउने प्रयास गरेको छ।
यसअघि यो क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनकथामार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सामाजिक सन्देशमूलक भिडियो प्रस्तुत गरिएको थियो। यो भिडियोले कर्तव्यबोध र उत्तरदायित्वको महत्वलाई जोड दिँदै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्य बोकेको थियो। दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत ‘सतर्कताको मामलामा नो कम्प्रमाइज’ सन्देश दिइएको थियो। यसले विश्वासका आधारमा हुन सक्ने धोका र छलकपटप्रति सचेत रहनुका साथै दैनिक जीवनका निर्णयहरूमा विवेक र सतर्कताको आवश्यकतालाई हाइलाइट गरेको थियो।
त्यस्तै, तेस्रो भिडियोमा जीवनका प्रत्येक सेकेन्डको महत्वलाई दुई साथीको कथामार्फत चित्रण गरिएको थियो। एउटा साथी समयमै एयरपोर्ट पुगेर उडान सम्हाल्छ भने अर्कोले उडान ढिला हुने अनुमानमा घरमै बस्छ, तर जहाज समयमै उड्दा पछुताउँछ। यसले ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देशमार्फत समयको मूल्य बुझ्न प्रेरित गरेको थियो। यी सबै भिडियोहरू दर्शकहरूबाट व्यापक प्रशंसा र रुचाइएका थिए।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ। कम्पनीका अनुसार, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ भन्नु जति सजिलो छ, व्यवहारमा त्यसलाई पूरा गर्न उत्तिकै कठिन छ। तर, जसले यो बाचा पूरा गर्छ, उसको शिर सधैं ठाडो रहन्छ। यसमार्फत कम्पनीले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीतिलाई थप मजबुत रूपमा प्रस्तुत गरेको छ।
शिवम् सिमेन्टले स्थापनाकालदेखि नै केवल ओ.पी.सी. (ओडिनरी पोर्टल्यान्ड सिमेन्ट) उत्पादन तथा विक्री गर्दै आएको छ। कम्पनीले गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै कठिन परिस्थितिमा पनि आफ्नो ‘नो कम्प्रमाइज’ बाचालाई कायम राखेर निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको छ। ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ र ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ जस्ता नाराहरूले कम्पनीको मूल सिद्धान्तलाई प्रतिबिम्बित गर्छन्।
यस प्रतिबद्धताको सम्मानस्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बनेको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार ‘NS Quality Award 2019’ प्राप्त गरेको छ।
 




























 
	
प्रतिक्रिया