सुनको मूल्य स्थिर, बढ्यो चाँदी
समयपोष्ट
२०८२ कार्तिक १३ गते ११:११
	

नेपालको बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य बुधबारको बजारमा कायम भएको मूल्यसँगै समान हो ।
गत मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ ।
बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ९८० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
 




























 
	
प्रतिक्रिया