७७ जिल्लाका सीडीओलाई ११ शीर्षकमा निर्देशन
गृहसचिव रामेश्वर दंगालले ७७ ओटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन जारी गरेका छन्। आइतबार सचिवस्तरीय निर्णय गर्दै उनले जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्ने लगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगताका साथ सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्। यो निर्देशनले सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत तथा अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
शान्ति सुरक्षाका लागि ९ बुँदा, अपराध नियन्त्रणका लागि ३ बुँदा र निर्वाचन सम्बन्धमा ५ बुँदामा निर्देशन दिइएको छ। त्यस्तै, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि १० बुँदा, विकास व्यवस्थापनका लागि १ बुँदा, कारागार प्रशासनका लागि ३ बुँदा र विपद् व्यवस्थापनका लागि ३ बुँदामा निर्देशन जारी गरिएको छ।
यसैगरी, आपूर्ति व्यवस्थापनका लागि ३२ बुँदा, अनुगमन र निरीक्षण सम्बन्धमा ७ बुँदा, कार्यक्रममा सहभागिता र व्यवस्थापनका लागि १० बुँदा र विविध शीर्षकमा ८ बुँदामा निर्देशन दिइएको छ।
प्रतिक्रिया